काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल)को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको रकम ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
नेपाल भलिबल लिग सुरु हुन अघि नै आयोजकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पीडितको उद्धार, उपचार र पुनस्र्थापनाको अभियानमा सहयोग पुर्याउने उद्देश्यले नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियो ।
सोही प्रतिबद्धता अनुरुप ५ लाख ९० हजार १ सय ५० रुपैयाँ कोषमा जम्मा गरिएको हो ।
केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकम बराबरको चेक अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबार हस्तान्तरण गरे ।
सो अवसरमा नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र नेपाल भलिबल लिग सीओओ विकास खेतानको पनि उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com