info@nawayug.com

९०० मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु

मकवानपुर ।डोटीमा गए राति भएको जिप दुर्घटना परी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परी आदर्श गाउँपालिका– ३ काँडीस्याउलेका २२ वर्षीय चालक सुबोध रोकाया सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढुंगेलले बताए। 

गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सुपप्र ०१-००१ च ३९२३ नम्बरबको राति साढे १२ बजेतिर जिप आदर्श– ६ रौसेल्ला घुम्तीबाट झन्डै ९०० मिटर मुनी खसेको थियो। 

शव खोलाबाट सडकमा ल्याउने काम भइरहेको डिएसपी ढुंगेलले जानकारी दिए। 

दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया