काठमाण्डौ । नवयुवा आन्दोलनकी अगुवा रक्षा बमले अब बन्ने सरकारले गएको भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताउनुभएको छ । आज माईतीघर मण्डलामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिवद्धता गर्नुपर्ने जिकिर गर्नुभयो ।
अब बन्ने सरकारले शपथ लिनुअघि नवयुवा पुस्तासँग सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले राज्य शक्तिशाली भए पनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने बताउनुभयो ।
बमले सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन हुने बमले बताउनुभयो । उहाँले समयक्रमसँगै अन्य विषय परिवर्तन हुन सक्ने भए पनि नागरिक सुरक्षाको ग्यारेन्टी पहिलो प्राथमिकता हुनुपर्ने धारणा राख्नुभयो ।
३१ फाल्गुण २०८२, आईतबार ०४:४३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com