काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा शैलेश कँडेल चयन भएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार, सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो ।
कार्यसमितिमा विनोद कुमार मानन्धर प्रथम उपाध्यक्ष, दीपक शर्मा महासचिव, विजय खनाल सचिव तथा निर्मल रेग्मी कोषाध्यक्ष चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा विनय राज सिग्देल, गणेश प्रसाद सापकोटा, खडानन्द पाण्डे र विजय महर्जन चयन भएका छन् ।
केमसानले नेपालमा रसायन तथा मेडिकल सामग्री आपूर्तिसँग सम्बन्धित व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक समन्वय तथा नीतिगत पहलमा सक्रिय भूमिका खेल्दै आएको छ ।
२६ बैशाख २०८३, शनिवार ०१:५५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com