पालगन्ज। बाँकेको खजुरा गाउँपालिका–६, उढरापुरमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बा.प्र. ००१–०३० च. २८५१ नम्बरको कारले ठक्कर दिँदा स्थानीय सलमान अहमद जोलाहाको छोरा दुई वर्षीय अरहान अहमद जोलाहाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले शनिबार साँझ खजुरा गाउँपालिका–६, उढरापुरको भित्री सडकमा कारलाई ब्याक गर्ने क्रममा सडकमा रहेका दुई वर्षिय बालकलाई ठक्कर दिँदा बालकको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँले घटनापछि कार चालक खजुरा गाउँपालिका–७ निवासी ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रण लिएर घट्नाको अनुसन्धान गरिरहेको बताउनुभयो । सो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
२७ बैशाख २०८३, आईतबार ०१:२२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com