काठमाडौं । नेपाली फिल्म ‘गौंथली’ ले आक्रामक कमाइको गतिलाई निरन्तरता दिएको छ । आइतबार दिउँसोसम्म यो फिल्मको कूल ग्रस कमाइ १९ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
यो भनेको १७ करोड नेट कलेक्सन हो । फिल्मको लगानी २ करोड ७५ लाख रुपैयाँ हो । आइतबार पनि सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ २० करोड हाराहारीमा पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।
सोही अवधिसम्म फिल्मलाई ७ लाखभन्दा धेरै दर्शकले हेरेका छन् ।
पछिल्लो शनिबारसम्म यो फिल्मले जारी, छक्कापञ्जा ४ र परानको कमाइलाई उछिनेको छ । सम्भवतः आज वा भोलिसम्म फिल्मले ‘१२ गाउँ’ ९१९ करोड ९२ लाख ग्रस० लाई उछिन्न सक्छ ।
त्यसअघि ‘कबड्डी ४ र ‘पूर्णबहादुरको सारंगी’ मात्र धेरै कमाउने नेपाली फिल्मको पहिलो र दोस्रो स्थानमा छन् ।
विदेशमा पनि उछाल
‘गौंथली’ ले डायस्पोरामा समेत उत्कृष्ट कमाइ गरेको निर्माता सुमन गिरीले बताएका छन् । उनका अनुसार, फिल्मले अमेरिकामा २ लाख अमेरिकी डलर, अस्ट्रेलियामा १ लाख अस्ट्रेलियन डलर, दुबईमा ५० हजार दिराम, डेनमार्क र माल्टा लगायतमा २० हजार यूरो कमाइसकेको छ ।
क्यानडामा अर्को सातादेखि फिल्म रिलिज हुने निर्माता गिरीले जनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com