हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ स्थित कुसुमटार खोल्सामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
मृतक सोही स्थानका करिब ३७ वर्षीय बुद्धि बहादुर लोप्चन रहेको बागमती प्रदेश प्रहरीले जनाएको छ। उनी असार ११ गते दिउँसो घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए।
आफन्तले खोजतलास गर्ने क्रममा असार १४ गते बिहान कुसुमटार खोल्सामा उनको शव फेला परेको हो। श्रीमतीले यसअघि नै श्रीमान् हराएको भन्दै इलाका प्रहरी कार्यालय मकवानपुरगढीमा बेपत्तासम्बन्धी निवेदन दिएकी थिइन्।
घटनापछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाएको थियो। पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ भने घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
१५ साउन २०८३, शुक्रबार ०३:१५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com