काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको मागपछि स्थगित भएको संसद् बैठक पुनः सुचारु भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको बताउनुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङदाम्बेले धारणा राख्नुभएको छ ।
१५ मिनेटका लागि स्थगित भएको बैठक करिब पौने घण्टापछि सुरुभएको छ । प्रतिपक्षी दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरूले सामुहिकरूपमा विरोध गर्नुभएको थियो ।
३० बैशाख २०८३, बुधबार ०३:१४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com