काठमाण्डौ । गएराति कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा भएको छ । लमजुङको कुञ्चा वर्षामापन केन्द्रमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ पछिल्लो ६ घण्टामा झण्डै १२० मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै सुनसरीको धरान बजारमा ८८.२ मिलिमिटर पानी परेको छ । चितवन र गोरखामा पनि पानी ठूलो पानी परेको छ । अरु केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज दिउँसो पनि देशका हिमाली भागका केही ठाउँ र पहाडी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ । साथै तराई भागका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com