info@nawayug.com

बागमती सिँचाइ आयोजनामा आन्दोलन लम्बिँदै, कामकाज प्रभावित

सर्लाही । बागमती सिँचाइ आयोजनाको कार्यालयमा ज्यालादारी कर्मचारीहरूको आन्दोलन जारी छ । 

आन्दोलन परिचालन कमिटीले गत मंगलबार सर्लाहीको कर्मैयास्थित कार्यालयमा तालाबन्दी समेत गरेको थियो ।

उमेर हदका आधारमा दैनिक ज्यालादारी कर्मचारीलाई हटाउने निर्णयको विरोधमा संघर्ष समितिले आन्दोलन थालेको हो । कार्यालयको मूल गेटमा ज्यालादारी कर्मचारीले धर्ना दिइरहेका छन् ।

उनीहरूले दैनिक ज्यालादारी कर्मचारीको उमेर हद खारेज गर्न, ०८३ कात्तिक ११ गते प्रकाशित सिँचाइ नर्म्समा सुधार गर्न माग गरेका छन् ।

आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार मंसिर १ देखि ७ गतेसम्म कार्यालयको मूल गेटमा तालाबन्दी र धर्ना दिइने ज्यालादारी कर्मचारीहरूको आन्दोलन परिचालन कमिटीका संयोजक सुरज पासवानले जनाए ।आयोजनामा विभिन्न पदमा कार्यरत २४४ जना ज्यालादारी कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया