info@nawayug.com

लोकप्रिय युट्युबर ध्रुव राठीलाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं । भारतको दिल्लीस्थित एक अदालतले युट्युबर ध्रुव राठीविरुद्ध सन् २०१८ को मानहानिसम्बन्धी मुद्दामा गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ ।

न्यायिक मजिस्ट्रेट अनाम रइस खानले सोमबार राठीविरुद्ध पक्राउ पुर्जी जारी गरेकी हुन् ।

विकास संस्कृत्यायन उर्फ विकास पाण्डेले राठीको युट्युब च्यानलमा प्रकाशित एउटा भिडिओलाई लिएर सन् २०१८ मा मानहानिको उजुरी दिएका थिए ।

अदालतले यस मुद्दामा थप सुनुवाइका लागि डिसेम्बर ३ को मिति तोकेको छ । अदालतको विस्तृत आदेश भने आउन बाँकी छ ।

यसअघि अक्टोबर ३१ मा पनि अदालतले राठीविरुद्ध नयाँ जमानती पक्राउ पुर्जी जारी गरेको थियो । अक्टोबर १७ मा अदालतले जमानती पक्राउ पुर्जी जारी गरेको थियो ।

सूचना बुझाउन गएको कर्मचारीले राठीको घरमा ताला लागेको जानकारी दिएपछि अदालतले उनको हरियाणाको गुरुग्रामस्थित ठेगानामा पुनः समन पठाएको थियो ।

राठीका वकिलले उनी सामान्यतया अस्ट्रियामा बस्ने गरेको र दिल्लीमा भएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी)को प्रदर्शनमा सहभागी हुन भारत आएको अदालतलाई बताएका थिए ।

यस मुद्दामा अदालतले सन् २०१९ को जुलाईमै राठीलाई पहिलोपटक उपस्थित हुन समन जारी गरेको थियो । तर, उनी अदालतमा उपस्थित नभएपछि पटकपटक पक्राउ पुर्जी जारी गरिएको हो ।

प्रतिक्रिया