info@nawayug.com

आज ५ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौं । आज सुनको भाउ बढेको छ । हिजो तोलामा ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढेको हो ।

आज सुन तोलामा २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया