info@nawayug.com

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

 सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ तीनकुनेस्थित कालाबन्जार-धरान सडक खण्डमा आज (शनिबार) बिहान साढे ४ बजे मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

धरान नगरपालिका-८ का ३० वर्षीय मनीष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइक दुर्घटना भएको प्रहरीको दाबी छ ।

तीनकुनेस्थित मिलिजुली स्कुल नजिकैको कलभर्टमा बस्नेतले चलाएको प्रदेश १-०१-०१८ प ७८९२ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उनको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया