info@nawayug.com

अर्जेन्टिनाको असाधारण जितमा रेफ्री विवादित, इजिप्टमाथि अन्याय

 

काठमाडौँ । निर्धारित समय सकिन १२ मिनेट मात्र बाँकी छँदा इजिप्ट आफ्नो विश्वकप इतिहासकै सबैभन्दा ठूलो नतिजाको नजिक पुगेको थियो । एटलान्टा स्टेडियममा ‘द फाराओज’ (इजिप्ट) ले साविक विश्व विजेता अर्जेन्टिना विरुद्ध २–० को अग्रता लिएको अवस्थामा लियोनल मेसीका फ्यानहरु पूरै स्तब्ध थिए ।

फुटबललाई अत्यधिक प्रेम गर्ने यो अफ्रिकी देशका लागि पहिलो पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित हुने संकेत देखिएको थियो । तर, त्यसपछि सबै कुरा निकै छिटो र भयावह ढंगले बिग्रियो ।

जब ७९ औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै खेललाई २–१ मा ल्याए, अर्जेटिनाको झिनो आशा जागृत भयो । इजिप्ट रक्षात्मक बनेर जित जोगाउने प्रयासमा थियो । तर, चार मिनेटपछि कप्तान लियोनेल मेस्सीले गोल गरेर खेल २–२ को बराबरीमा पुर्‍याएपछि इजिप्टका खेलाडीहरू हतास देखिए ।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले हेडरमार्फत गोल गर्दै अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन पूरा गरे र आफ्ना समर्थकहरूलाई खुसीले पागल बनाए ।

इजिप्ट प्रतियोगिताबाट बाहिरियो, र उनीहरू निकै आक्रोशित थिए। उनीहरू १–० ले अघि भएको बेला मोस्टाफा जिकोले गरेको दोस्रो गोललाई भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर० ले रद्द गरिदिएको थियो । मिडफिल्डर मारवान अतियाले मुभको सुरुमा लिसान्ड्रो मार्टिनेजलाई थोरै कुल्चिएको भन्दै फल दिइएको थियो ।

अर्जेन्टिनाले विजयी गोल गर्नुभन्दा केही सेकेन्डअघि मोहम्मद सलाहलाई अर्जेन्टिनाको पेनाल्टी क्षेत्रमा फल गरिएको भन्दै इजिप्टका खेलाडीहरूले बलियो दाबी गरेका थिए । जब फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरले खेल सकिएको सिट्टी बजाए, इजिप्टका धेरै खेलाडीहरू मैदानमा के भयो भन्ने विश्वास गर्न नसकी थच्चिए ।

खेलपछिको एक कडा अन्तर्वार्तामा इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि ुअन्यायपूर्ण व्यवहारु भएको टिप्पणी गरे ।

‘मैदान भित्र र बाहिर धेरै कुराहरूमा प्रश्न उठाउन सकिन्छ,’ हसनले भने, ‘चारैतिर नकारात्मक पक्षहरू देखिए । यो खेलको विश्वसनीयताको कुरा हो, तर जसरी घटनाहरू अघि बढे, त्यहाँ विश्वसनीयताको अभाव देखियो ।’

मेसीलाई ईंगित गर्दै उनले थपे, ‘सायद उनीहरू विश्वविजेतालाई प्रतियोगितामा टिकाइराख्न चाहन्थे । सायद उनीहरू मेस्सीलाई अझै खेलमा देख्न चाहन्थे । विश्व विजेतालाई हरेक स्तरमा समर्थन मिल्यो। यो नतिजामा अर्जेन्टिनाको तर्फबाट दबाब परेको जस्तो देखिन्छ ।’

यस खेलमा सबै कुरा थियो—पेनाल्टी बचाउ, रद्द गरिएको गोल, रातो कार्ड र एक रोमाञ्चक पुनरागमन । बीबीसी स्पोर्ट्सले यो खेलको विश्लेषण गरेको छ, जुन विश्वकपको इतिहासमा एउटा यस्तो खेलका रूपमा रहनेछ जहाँ खेलको अन्तिम समयमा दुई गोलले पछि परेको टोलीले अतिरिक्त समयबिना नै जित हासिल गर्‍यो ।

हामीले विश्वकपमा अझ राम्रो प्रदर्शन गर्नुपर्छ,’ इजिप्टका मुख्य प्रशिक्षक हसनले आफ्नो देशको कमजोर विश्वकप रेकर्डलाई सम्बोधन गर्दै प्रतियोगिताको पूर्वसन्ध्यामा भनेका थिए ।

इजिप्ट विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको टोलीको रूपमा उत्तर अमेरिका आइपुगेको थियो । यसअघिका तीनवटा विश्वकप सहभागितामा सात खेल खेल्दा पनि उनीहरूले कुनै पनि खेल जित्न सकेका थिएनन् ।

जुन २२ मा भ्यानकुभरमा भएको समूह चरणको खेलमा न्युजिल्यान्डलाई हराउँदै पहिलो जित दर्ता गरेको इजिप्टले १५औं मिनेटमा यासेर इब्राहिमको हेडर गोलमार्फत तीन पटकको विश्व विजेता अर्जेन्टिना विरुद्ध अग्रता लिएको थियो ।

उतारचढावले भरिएको यस खेलमा इजिप्टका गोलकिपर मोस्टाफा शोबेरले मेस्सीको पेनाल्टीलाई शानदार ढंगले रोकेका थिए। त्यसपछि इजिप्टले अर्को गोल गरेको ठाने पनि त्यसलाई रद्द गरिएको थियो ।

खेलको अन्तिम समयमा एन्जो फर्नान्डेजले गरेको विजयी गोलले आक्रोशलाई झनै बढायो । सलाहमाथि फल हुँदा पेनाल्टीको माग गर्दै इजिप्टका खेलाडीहरू चिच्याइरहेका थिए भने बेन्चमा रहेका इजिप्टको प्राविधिक टोलीका एक सदस्यलाई रातो कार्ड देखाइएको थियो ।

यसका साथै, अर्जेन्टिनाको विजयी गोलपछि विरोध गर्दा इजिप्टका मुख्य प्रशिक्षकले चेतावनी (पहेंलो कार्ड) पाएका थिए । उनले आफ्नो छाती अगाडि दुवै हात 'क्रस' गरेका थिए, जुन फिफाद्वारा रंगभेदी घटनाबारे रेफ्रीलाई सचेत गराउन खेलाडी र प्रशिक्षकहरूका लागि तोकिएको संकेत हो ।

इजिप्टका प्रशिक्षकले खेलपछि आफ्नो उक्त संकेतको बारेमा भने केही उल्लेख गरेनन् ।

‘हामीले मैदानमा सम्मान वा निष्पक्ष खेल (फेयर प्ले) देखेनौं,’ उनले भने, ‘हाम्रो पेनाल्टीको मागलाई अस्वीकार गरियो, जसको भीएआर चेकसमेत गरिएन । र हाम्रो दोस्रो गोललाई अचम्मको तरिकाले, जुनसुकै कारणले होस्, रद्द गरियो ।’

‘हामी सबैले एलेक्सिस म्याक एलिस्टरले जर्सी तानेको देख्यौं, तर त्यहाँ पनि भीएआर चेक गरिएन । जीवन अन्यायपूर्ण छ, सामान्य जीवन अन्यायपूर्ण हुन्छ, तर खेलकुदमा पनि किन निष्पक्षता छैन रु’ इजिप्टका फरवार्ड जिकोले थपे, ‘रेफ्री साँच्चै नै अन्यायी थिए। अन्याय स्पष्ट देखिन्थ्यो। खेलको सुरुदेखि नै हामीमाथि पक्षपात भएको थियो ।’

प्रतिक्रिया