मलेसिया । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा गुल्शन झाले अविजित ४४ तथा कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए।
यसअघि इशान पान्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रनको योगदान दिए। साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले समान २ तथा मोहम्मद हिशमले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए भने मोहम्मद आतिफले ३० र मोहम्मद हिशम शेखले १८ रन बनाए।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशीले २ तथा दीपेन्द्रसिंह ऐरीले ३ र शेर मल्लले १ विकेट लिए।
नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलपछि समूह विजेताको टुंगो लाग्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com