काठमाण्डौं । आज कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली तथा आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती क्षेत्र तथा आसपासका नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र आकस्मिक बाढी को जोखिम रहेको महाशाखाले जनाएको छ । नदी किनार, खोल्सी तथा डुबान हुन सक्ने क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा नदी तर्ने वा नदी आसपास जोखिमयुक्त गतिविधि नगर्न महाशाखाको आग्रह छ ।
१९ असार २०८३, शुक्रबार ०३:११ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com