काठमाण्डौ । सिन्धुलीको फिक्कल गाउँपालिका- २ नवलपुरमा रहेको मध्यपहाडी राजमार्गबाट एउटा कार सुनकोशी नदीमा खसेको छ । कारमा चालक सहित तीन जना रहेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाण्डौबाट ओलखढुङ्गातर्फ गुडिरहेको बसले ठक्कर दिएपछि कार नदीमा खसेको हो । कारको नम्बर र कारमा रहेकाहरूको पहिचान खुलेको छैन ।
दुर्घटना लगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा घटनास्थलमा खटिए पनि बाढीका कारण उद्धार प्रभावित भएको प्रहरीले जनाएको छ ।
१८ साउन २०८३, सोमबार ०४:२७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com