काठमाण्डौं । रौतहटको ईशनाथ नगरपालिका औरैयामा जग्गाको विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको छ ।
हिजो बेलुका विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा बुटन साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते भएका बुटनको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा ज्यान गएको हो ।
घटनामा एक जना घाइते छन् । प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२४ असार २०८३, बुधबार ०३:३७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com