काठमाडौँ । बाढीले क्षति पुर्याएको नुवाकोटको बेत्रावतीमा आगामी १५ दिनभित्र बेली ब्रिज (पुल) जडानको काम सुरु हुने जनाइएको छ ।
पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुलरबेली ब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदलका संयोजक धर्मेन्द्र झाका अनुसार प्राविधिक तयारी र फाउन्डेसन निर्माणको काम सकिएलगत्तै पुल जोड्न थालिनेछ ।
बाढीका कारण बाटो पूर्ण रूपमा भासिएको र त्रिशूली नदीले बगाएको कारण त्यहाँ निर्माण कार्यमा केही जटिलता थपिएको थियो। हाल सो क्षेत्रमा वैकल्पिक मार्गमार्फत निर्माण सामग्री ढुवानीको व्यवस्था मिलाइएको कार्यदलले जनाएको छ ।
बेत्रावतीमा बेलिब्रिज निर्माण र जडानको प्रगतिबारे प्रस्ट पार्दै कार्यदलका संयोजक झाले भने,‘अहिले हामीले बेत्रावतीमा अमेरिकन ब्रिज जोड्ने योजना बनाएका छौँ । बाटो नभएको ठाउँमा सानो गाडीमार्फत सामान लोड–अनलोड गरेर लैजाने व्यवस्था मिलाइएको छ । नयाँ फाउन्डेसन बनाउनुपर्ने भएकाले त्यसको काम सकिन ५–७ दिन लाग्छ । फाउन्डेसन र बाटो निर्माणको काम सकिनासाथ, करिब १५ दिनभित्र बेली ब्रिज जडानको काम सुरु भई २–३ दिनमै पुल तयार हुन्छ ।’
देवीघाटको बेली ब्रिज भने यसअघि नै सञ्चालनमा आइसकेको छ । बेत्रावतीमा पनि फाउन्डेसन र पहुँच मार्ग (एप्रोच रोड) बन्ने बित्तिकै बेली ब्रिज ठड्याउने काम द्रुत गतिमा अघि बढाइने कार्यदलको दाबी छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com