नुवाकोट । भदौ १० को बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ ।
बाढीका कारण विदुर नगरपालिका-५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनःस्थापित गर्न एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ ।
नुवाकोटको विदुर नगरपालिका ५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज निर्माणको कामलाई तीव्रता दिएको हो । बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको छ ।
केही दिनमै पुल निर्माण सम्पन्न भएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत र यातायात सेवा सहज हुने आशामा स्थानीय छन् ।
२१ भदौ २०८३, आईतबार ११:१० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com