हेटौंडा। परीक्षा सकिएको लामो समयसम्म नतिजा कुर्नुपर्ने परम्पराका बीच बागमती प्रदेश विश्वविद्यालयले भने नयाँ अभ्यासको सुरुआत गरेको छ। विश्वविद्यालयले पहिलो सेमेष्टरको परीक्षा सम्पन्न भएको सात दिनमै नतिजा सार्वजनिक गर्दै परीक्षा व्यवस्थापनमा नयाँ उदाहरण प्रस्तुत गरेको हो।
विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज) का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार गुणस्तरीय शिक्षासँगै छिटो, पारदर्शी र प्रभावकारी परीक्षा प्रणाली विकास गर्ने लक्ष्यअनुसार नतिजा प्रकाशन गरिएको हो।
हाल विश्वविद्यालयमा व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान संकायमा स्नातक तहको अध्ययन सञ्चालन भइरहेको छ। ती तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल एकैसाथ सार्वजनिक गरिएको हो।
नतिजाअनुसार शिक्षा तथा सामाजिक विज्ञान संकायमा सबैभन्दा धेरै ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विज्ञान तथा प्रविधिमा ७९.०३ प्रतिशत तथा व्यवस्थापन तथा कानुन संकायमा ७२.५८ प्रतिशत विद्यार्थी सफल भएका विश्वविद्यालयले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com