info@nawayug.com

मुख्यमन्त्री विजयको घोषणा : महिलालाई वर्षमा ३ ग्यास सिलिन्डर र निःशुल्क बस सेवा

चेन्नई । भारतको तामिलनाडुका मुख्यमन्त्री तथा टिभिके पार्टीका प्रमुख जोसेफ विजयले राज्यका महिलाका लागि कल्याणकारी योजनाहरूको रास लगाएका छन् ।

सोमबार राज्य विधानसभामा सम्बोधन गर्दै उनले महिलाहरूलाई वार्षिक तीनवटा एलपिजी सिलिण्डर नि:शुल्क दिने तथा नि:शुल्क सार्वजनिक बस यात्राको घोषणा ल्याएका छन् ।

वार्षिक ४ हजार करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको यो अन्नपूर्ण सुपर सिक्स नामको योजना अन्तर्गत नि:शुल्क ग्यास सिलिण्डर घरको मुख्य महिला (घरमुली)लाई प्रदान गरिनेछ । यस सुविधाबाट करिब एक करोड ३० लाख परिवार लाभान्वित हुने अपेक्षा गरेको बताउँदा यो योजना आगामी जनवरीबाट लागू हुने जानकारी दिएका छन् ।

नि:शुल्क बस यात्राको सुविधामा महिलाहरूका लागि सरकारी साधारण बसका साथै एक्सप्रेस र डिलक्स बसमा पनि यो योजना लागु हुने बताए । यसका लागि महिलाहरूले अब आयको सीमा देखाउनुपर्ने वा कति पटक यात्रा गर्न पाउने जस्ता सर्तहरू पालना गर्नुपर्ने छैन । ग्यासको पैसा भने सिधै महिलाको बैंक खातामा पठाइनेछ ।

दक्षिण भारतीय चलचित्रका सुपरस्टार विजय यसै वर्ष मात्र तामिलनाडुको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कलाकारितामा स्टारडम भइरहेकै बेला उनी भने कलाकारिता छाडेर राजनीतिमा होमिँदै मुख्यमन्त्री भएका हुन् ।

प्रतिक्रिया