काठमाण्डौं । ललितपुरमा एक जना युवतीमाथि अश्लिल हर्कत गर्ने पुरूषलाई प्रहरीले पक्राउ गरेको छ।
इमाडोलमा बाटो हिँड्दै गरेकी युवतीलाई पिछा गरी अश्लिल हर्कत गरेको आरोपमा प्रहरीले ५५ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पक्राउ परेका भट्ट बैतडी घर भई इमाडोल क्षेत्रमा बस्दै आएका थिए।
घटना आइतबार भएको हो। पीडित युवतीले उक्त घटनाको भिडिओ समेत बनाएकी थिइन्।
भिडिओ बनाएर उनले सामाजिक सञ्जालमा हालेकी थिइन्। उक्त भिडिओ बाहिरिएपछि प्रहरीले उनलाई खोजी गरी नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्ति शिक्षा क्षेत्रमा कार्यरत सरकारी कर्मचारी समेत हुन्।
घटनापछि पीडित युवती पनि प्रहरीको सम्पर्कमा पुगेकी छन्। भट्टमाथि परिसरले अनुसन्धान अघि बढाएको छ।
२२ असार २०८३, सोमबार ०३:३६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com