info@nawayug.com

क्वाटरमा मृत भेटिएका इन्स्पेक्टर केसीको शव आफन्तलाई हस्तान्तरण

रूपन्देही । मंगलबार क्वाटरभित्र मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक पर्वतकुमार केसीको परिवारको जिम्मा लगाइएको छ ।

सुर्खेतको छिन्चु स्थायी घर भएका केसी गुल्मीमा जिल्ला प्रहरी कार्यालयका सिनियर अधिकृतका लागि छुट्याइएको निवासमा मंगलबार मृत भेटिएका थिए । शव पोस्टमार्टमपछि आज बुझाइएको हो ।

मंगलबार बिहान साढे ९ बजेसम्म पनि नउठेपछि निवासमा हेर्दा उनी अचेत अवस्थामा भेटिएका थिए ।

गुल्मीका प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीका अनुसार मृतकका दाइ र परिवारका सदस्य आएपछि आज जिल्ला अस्पताल तम्घासमा पोस्टमार्टमपछि दाहसंस्कारका लागि परिवारलाई बुझाइएको हो ।

प्रतिक्रिया