info@nawayug.com

नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठक सुरु

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो २ बजेदेखि बैठक सुरु भएको हो ।

भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीस्वरूप एमालेले स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठकले राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ । त्यस्तै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा निर्धारण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया