info@nawayug.com

‘लज्जावती’ आजदेखि देशभर प्रदर्शनमा

काठमाण्डौ  ।  प्रेमकथामा आधारित नेपाली चलचित्र ‘लज्जावती’ आज साउन २९ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ ।

राजबहादुर सानेको निर्देशन र कमल शर्माको निर्माणमा बनेको चलचित्रले युवापुस्ताको प्रेमसँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष, आत्मीयता र नेपाली समाजका विविध यथार्थलाई प्रस्तुत गरेको छ ।

निर्देशक सानेका अनुसार चलचित्रको कथा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझी लगायतका कलाकारको वरिपरि घुम्छ । आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको चलचित्रमा झन्डै दुई करोड रुपैयाँ लगानी भएको निर्माता कमलप्रसाद शर्माले बताउनु भयो ।

कथा, प्रस्तुति, गीत, ट्रेलर र प्रचारप्रसारमा आफूहरूले सक्दो मेहनत गरेको निर्माण टिमले जनाएको छ । चलचित्रलाई नेपालसँगै विदेशमा रहेका नेपाली दर्शकमाझ पनि पुऱ्याउने तयारी गरिएको छ । 

प्रतिक्रिया