हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ११ बजे स्थानीय ४७ वर्षीया सुष्मा राजथला घरमै मृत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो ।
सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सोमबार दिउँसो १२ः२३ बजे राजथलाको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याएर राखिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरमा कुनै बाहिरी घाउचोट वा चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । राजथला यसअघि नै क्षयरोग (टीबी), मुटुसम्बन्धी रोग तथा पाइल्सको समस्याबाट पीडित रहेको बुझिएको प्रहरीको भनाइ छ ।
मृत्युको यकिन कारण भने पोस्टमार्टम रिपोर्टपछि खुल्ने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com