info@nawayug.com

अस्पतालमा आगलागी हुँदा पाकिस्तानमा १५ नवजात शिशुको मृत्यु

इस्लामवाद । पाकिस्तानको राजधानी इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पीआईएमएस) अस्पतालको नवजात शिशु राखिएको वार्डमा आगलागी हुँदा कम्तीमा १५ शिशुको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यम जियो न्युजका अनुसार घटना बुधबार अस्पतालको नर्सरीमा भएको हो ।

आगलागी हुँदा उक्त वार्डमा १६ जना नवजात शिशु रहेका थिए । तीमध्ये एक जनालाई मात्र सकुशल उद्धार गरिएको अस्पतालका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार नर्सरीभित्र रहेको एयर कन्डिसनरको कम्प्रेसर विस्फोट भएपछि आगलागी सुरु भएको प्रारम्भिक जानकारी छ । 

आगलागीपछि तत्काल दमकल परिचालन गरिएको थियो । दमकलकर्मीले आगो नियन्त्रणमा लिए पनि घटनास्थलमा तातोपन कम गर्ने तथा थप जोखिम रोक्ने काम जारी राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया