काठमाडौं । जापानले प्रधानमन्त्री साने ताकाइचीलाई सम्बोधन गर्दा उचित सम्मानजनक भाषा प्रयोग गर्न चीनलाई आग्रह गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जापानी प्रधानमन्त्रीलाई नामबाट मात्र सम्बोधन गरेपछि जापानले बेइजिङसमक्ष असन्तुष्टि जनाएको जापानी विदेश मन्त्रालयले जनाएको छ।
जापानी विदेश मन्त्रालयका प्रवक्ता तोशिहिरो किटामुराले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार अर्को देशका नेतालाई सम्मानजनक रूपमा सम्बोधन गर्नु स्वाभाविक भएको बताए।
ताइवानबारे प्रधानमन्त्री ताकाइचीको अभिव्यक्तिपछि जापान–चीन सम्बन्धमा केही तनाव देखिएको छ। यद्यपि, सम्बन्ध सुधारका लागि जापानी सांसदहरूले पछिल्ला साताहरूमा चीन भ्रमण गरेका छन्।
प्रधानमन्त्री ताकाइचीले पनि चीनलाई ‘महत्त्वपूर्ण छिमेकी’ भन्दै दुई देशबीच स्थिर सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रासस
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com