काठमाण्डौं । थाइल्यान्डमा ११ वर्षीय बालकले चलाएको ट्रकले किचेर धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा ८ जना भिक्षुको ज्यान गएको छ । अरू १० जनाभन्दा धेरै घाइते भएका छन् ।
बालकले आफ्ना अभिभावकको ट्रक अनुमतिविना चलाउने क्रममा घटना भएको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
प्रहरीका अनुसार ३५ जना भिक्षु र ५ जना सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सडक किनार हुँदै हिँडिरहेका बेला बालकले चलाएको ट्रक नियन्त्रणबाहिर गई जुलुसमा ठोक्किएको थियो ।
मुकदाहानका प्रान्तीय गभर्नर वोरायन बुन्नारतले यो घटनालाई सडक सुरक्षाबारे गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले पछिल्ला वर्षहरूमा सडक सुरक्षा कडा बनाइए पनि यस्ता दुर्घटना दोहोरिन नदिन सबैको, विशेषगरी अभिभावकको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com