info@nawayug.com

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ झण्डै ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पटक नियमिततर्फ ३ लाख ३२ हजार २४१ जना विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् ।

यस्तै आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थीले परीक्षा दिएकोमा ३६ हजार ४२० जना उत्तीर्ण भएका छन् । नियमित र आंशिकतर्फ गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ६८ हजार १९० जना उत्तीर्ण भएका छन् । ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिन्छ । साथै एसएमएसमा ल्भ्द्य टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर पनि हेर्न सकिन्छ ।

नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा ८१६०१३ बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया