धरान । प्रहरीले धरानबाट पाँच क्विन्टल गाँजासहित एक जना र स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ ।
गएराति करिब ११ः३० बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ११ वाई ३०३९ नम्बरको स्कार्पियोलाई धरान–२ भानुचोकमा रोक्न खोज्दा चालकले नरोकी भागेका थिए । त्यसपछि प्रहरीले गाडी पछ्याउँदै धरान–८ स्थित सेउती पुलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख विष्णुबाबु राईले जानकारी दिए ।
गाडी जाँच गर्दा १६ वटा कालो बोरामा राखिएको चार क्विन्टल ९९ किलो गाँजा बरामद भएको राईले बताए ।
गाँजासहित विराटनगर महानगरपालिका–१३ झमेलीचोकका ३२ वर्षीय चालक अजयकुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गाँजा र गाडी इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ ।
६ मङ्सिर २०८३, आईतबार ११:३९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com