info@nawayug.com

मोरङमा भन्सार छलीविरुद्ध प्रहरीको कारबाही, १० लाखको सामान बरामद

विराटनगर । सशस्त्र प्रहरीले मोरङका विभिन्न सीमावर्ती क्षेत्रबाट १० लाख ३० हजार ४५० रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी, मोरङ तथा मातहतको सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले २०८३ मंसिर १ गते जिल्लाका विभिन्न सीमा क्षेत्रमा जाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो।

भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एउटा मोटरसाइकल, एउटा स्कुटर तथा भन्सार छली गरी प्रयोग भइरहेको एउटा भारतीय विद्युतीय स्कुटर बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरी, टोलीले मोटरपार्ट्स, खुर्सानी, धागो र चाइनिज नास्पातीसमेत नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सबै सामानको भन्सार मूल्यांकन गर्दा कुल १० लाख ३० हजार ४५० रुपैयाँ बराबर रहेको जनाइएको छ। सशस्त्र प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।

प्रतिक्रिया