काठमाडौँ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ७ स्थित टोक्सेलमा बन्ने कोशी प्रदेशस्तरीय प्रादेशिक अस्पताल सङ्घर्ष समिति र प्रदेश स्वास्थ्य मन्त्रालय बिच सहमति भएको छ।
मंगलबार समिति र मन्त्रालयबिच पाँच बुँदे सहमति भएको हो । सहमतिअनुसार स्थानीयहरू अनशन लगायतका आन्दोलनलाई स्थगन गर्न सहमत भएका छन् भने सरकार अस्पताल निर्माण गर्न तयार भएको छ।
सहमति पत्रमा सङ्घर्ष समितिका तर्फबाट माधवप्रसाद ढुङ्गाना र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका तर्फबाट मन्त्री इन्द्रमणी पुराजुलीले हस्ताक्षर गरेका छन् ।
त्यस्तै साक्षीका तर्फबाट जग्गादाता अर्जुनकुमार गौतम र सारदा गौतम तथा मन्त्रालयका तर्फबाट सचिव कीर्तिपाल सुवेदीले हस्ताक्षर गरेका छन् ।
१ मङ्सिर २०८३, मङ्गलबार ०२:४९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com