धनगढी । विशेष महाधिवेशनपछि नेपाली कांग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित सुदूरपश्चिम प्रदेश स्तरीय भेला आज ९शनिबार०देखि धनगढीमा हुँदैछ । नेपाली कांग्रेसले थालेको ‘जरा अभियान’अन्तर्गत यहाँ प्रदेश स्तरीय भेला हुन लागेको हो ।
भेलाको सभापति गगन थापाले उद्घाटन गर्नुहुने छ । त्यसका लागि उहाँ केहीबेर अगाडि धनगढी पुगी सक्नुभएको छ । थापालाई स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम पनि विमानस्थल पुग्नुभएको थियो । उहाँहरु शेरबहादुर देउवा निकट मानिनुहुन्छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले यो कार्यक्रम सुदूरपश्चिमका लागि एकदमै फलदायी हुने भन्दै पहाडी जिल्लादेखि लिएर कैलाली, कञ्चनपुरका पार्टीका नेता, जनप्रतिनिधि भेलामा आइरहेको जानकारी दिनुभयो । भेलाको पहिलो दिन सभापति थापाले प्रदेश सरकारका सदस्य, प्रदेश सभा सदस्य, प्रोफेसर, लगायतसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी, साँझपख पार्टीका नेताहरूसँग जिल्लाको समसामयिक राजनीति तथा पार्टीको अवस्थाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
दोस्रो दिनको कार्यक्रममा प्रदेश सभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसहित जनप्रतिनिधिबिच अन्तरक्रिया गरिने जनाइएको छ । कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको पनि उपस्थिति रहने जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com