info@nawayug.com

२५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा

काठमाण्डौं । सरकारले कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्नसक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले निःशुल्क उपलब्ध गराउनेमध्ये २५ प्रकारका औषधि उत्पादन गर्नसक्ने गरी लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताउनुभएको हो ।

उहाँले त्रिभुवन विश्वविद्यलय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिस्तरको विश्वविद्यालयका रूपमा विकास गरी विदेशी विद्यार्थीसमेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने दाबी गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले सार्वजनिक–सार्वजनिक साझेदारी मोडेल (पीपीपी) मा देशका सात वटै प्रदेशका अस्पतालहरूलाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रका रूपमा रूपान्तरण गरिने उल्लेख गर्नुभयो ।

उहाँले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानीयोग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गरिने बताउनुभयो ।

प्रतिक्रिया