काठमाडौं । सरकारी सञ्चार माध्यमहरूमा मात्रै सरकारी विज्ञापन प्रदान गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले आगामी मंगलबार(३० असार) मा आफ्नो निर्णय सुनाउने भएको छ ।
न्यायाधीशहरू सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले ३० असारका लागि निर्णय सुनाउने मिति तोकेको हो ।
सरकारको निर्णय गैरसंवैधानिक र गैरकानुनी भएको दाबी सहित नेपाल मिडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको थियो ।
कानुन व्यवसायीहरूले बहसका क्रममा नीजि सञ्चार माध्यमहरूको अस्तित्व नामेट पार्न सरकारले विज्ञापन कटौतीको नीति लिएको आरोप लगाएका थिए ।
गत १८ चैतमा सरकारले नीजि सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको थियो । त्यसको अर्को साता नै नेपाल मिडिया सोसाइटी सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।
२३ असार २०८३, मङ्गलबार ०५:४४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com