ओखलढुंगा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ओखलढुंगामा जिल्ला अधिवेशन कात्तिक २१ गते गर्ने भएको छ।
सोमबार बसेको १५औँ महाधिवेशन तयारी समितिका ओखलढुंगा संयोजक बालगोविन्द राजभण्डारी, केन्द्रीय प्रतिनिधि गोमा केसी, नवनिर्वाचित पालिका सभापति तथा प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरूको भेलाले अधिवेशनको मिति तय गरेको नेता डेकराज भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। कात्तिक २१ गते हुने जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।
यसैबीच, नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। उक्त कार्यतालिकाअनुसार मंसिर ४ गते प्रदेश अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने मिति तोकिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com