info@nawayug.com

नेकपा एमालेका तीन केन्द्रीय सदस्य शपथग्रहण

काठमाडौं । नेकपा एमालेका तीन केन्द्रीय सदस्यले शपथग्रहण गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराएका हुन्।

शपथ लिनेमा मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्ट रहेका छन्। उनीहरू मनोनीत केन्द्रीय सदस्यमध्ये यसअघि शपथ लिन बाँकी रहेका सदस्य हुन्।

मनोनीत अन्य केन्द्रीय सदस्यहरूले यसअघि नै शपथग्रहण गरिसकेका छन्। बाँकी तीन सदस्यले शपथ लिएसँगै उनीहरूको औपचारिक जिम्मेवारी अघि बढेको छ।

प्रतिक्रिया