info@nawayug.com

कुरियरमार्फत गाँजा तस्करीको प्रयास, दुई जना पक्राउ

काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत ल्याइएको लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भावसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार मंगलबार अमेरिकाबाट कुरियरमार्फत डकुमेन्टको आवरणमा ल्याइएको २ किलो ३३८ ग्राम गाँजा कन्ट्रोल डेलिभरीमार्फत बरामद गरिएको थियो ।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध गाँजा २ किलो ३३८ ग्राम र दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रतिक्रिया