info@nawayug.com

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।यसअघि पनि उनले मधेश प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् ।

प्रतिक्रिया