info@nawayug.com

काभा महिला भलिबल : भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा

काठमाण्डौं । भारतलाई हराउँदै काजकिस्तान काभा महिला भलिबल च्याम्पियनशिपको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा काजकिस्तानले भारतलाई ३–० को सोझो सेटमा हरायो । काजकिस्तानले पहिलो सेट २५-२१, दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-१४ ले जित्यो ।

भारत समूह ‘ए’ को विजेता बन्दै र काजकिस्तान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए ।

दोस्रो सेमिफाइनलमा अहिले बेलुकी ५ बजे नेपाल र इरान खेल्दैछन् । इरान समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया