उपत्यका

काठमाडौंको बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा मंगलबार साझ मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।...

विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौं

काठमाडौं । राजधानी काठमाडौं दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो । आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौंको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ । पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको...

काठमाडौं उपत्यकाको ११ ठाउँमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं । काठमाडौं उपत्यकाका ११ ठाउँमा अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’ गर्ने वर्षा भएकाले ठूलो जनधनको क्षति भएको जल तथा मौसम विभागले जनाएको छ । विभागले हिजो सार्वजनिक गरेको विवरणअनुसार अस्ति शनिवार असोज १२ गते काठमाडौंका विभिन्न जलमापन केन्द्रले अहिलेसम्मकै धेरै पानी परेको रेकर्ड गरेको तथ्याङ्क छ । विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम शुरु भएपछिको सबैभन्दा धेरै...

काठमाडौं उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको ज्यान गयो

काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको ज्यान गएको छ । अहिलेसम्म काठमाडौंमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको ज्यान गएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन भने नौ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका सात सय २८...

काठमाडौं प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : झन्डै ४ हजार प्रहरी परिचालन गरिने

काठमाडौं । काठमाडौं प्रहरीले मुख्य चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । मुख्य पर्व दशैँ, तिहार र छठमा हुने सुरक्षा चुनौतीको आँकलन गरी त्यसैअनुसारको कार्ययोजना बनाएको प्रहरीको भनाइ छ । स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाण्डौमा खाली हुने घर, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार भएको छ...

काठमाडौंको दरबारमार्गमा आज र भोलि गाडी चलाउन नपाइने

काठमाडौं । काठमाडौंको दरबारमार्ग मूल सडकमा आज र भोलि गाडी चलाउन नपाइने भएको छ । भोलि रातिसम्मकै लागि गाडीको आवागमनमा रोक लगाइएको छ । संविधान दिवसको दिन भोलि असोज तीन गते दरबारमार्गमा हुने साङ्गीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेको छ । काम भइरहेकाले यो क्षेत्रमा गाडी चलाउन रोक लगाएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका...

भक्तपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

हेटौंडा । बागमती प्रदेश सरकारले सूर्यविनायक नगर अस्पताललाई मेडिकल सामाग्री तथा औषधिहरु हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५ लाख बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले सबै जनताको स्वास्थ्यमा पहुँच हुनुपर्ने बताए । स्वास्थ्य सामाग्रीलाई पारदर्शी बनाई नागरिकलाई सेवा दिनेगरी...

काठमाडौंको शंखमुलमा पुरुषको हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका-१०, शंखमुलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ । बान्तवाको शरीर घाउचोटका निशान रहेको जनाउदै घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कीर्तिपुरमा आज बाघभैरवको जात्रा हुँदै

काठमाडौं । कीर्तिपुरमा आज बाघभैरवको जात्रा हुँदैछ । हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रूपमा जात्रा गर्ने चलन छ । आजका दिन बाघभैरवको मन्दिरलाई एक सय आठ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ । बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखेर कीर्तिपुरको विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा गरिन्छ । यो जात्रा विक्रम संवत् २०१३ सालदेखि शुरु...

काठमाडौँ उपत्यकामा आइतबार सार्बजनिक बिदा

काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।