खेलकुद

नेपाल सुपर लिगः बुटवल र विराटनगरको खेल बराबरीमा सकियो

काठमाण्डौ । नेपाल सुपर लिग एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसीले २–२ को बराबरी खेलेका छन् । जित नजिकै पुगेको बुटवल अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाँड्न बाध्य भयो । बुटवलको लागि ओमोजाला र सन्तोष रुचालले गोल गरे भने विराटनगरका पेड्रो माञ्जी र सन्तोष तामाङले गोल गरे । इन्जुरी समयसम्म पनि बुटवल २–१ ले अघि रहेकोमा...

एनएसएलमा काठमाडौं र पोखराबीच गोलरहित बराबर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार काठमाडौं रेजर्स र पोखरा थण्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि उपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल एनएसएलको यो पहिलो गोलविहीन खेल हो । दुवै टिमसामु यो खेल जित्दै शीर्ष...

परवानीपुर गोल्डकपको उपाधि वाग्मती युवा क्लब रौतहटलाई

बारा । बाराको परवानीपुरमा आयोजित त्रिशक्ति सिमेन्ट प्रथम परवानीपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि वाग्मती युवा क्लब चपुर रौतहटले जितेको छ। आज भएको फाइनल खेलमा वीरगंज युथ एकेडेमीलाई १–० गोलले हराउँदै वाग्मती युवा क्लबले उपाधि जितेको हो। वाग्मतीका लागि सागर शाहीले दोस्रो हाफको १० मिनेट खेल बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो। उपाधिसँगै वाग्मती युवा क्लबले नगद १...

बैंग्लोरका कप्तान विराटलाई जरिवाना

बैंग्लोर । आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । चेन्नई सुपर किंग्सविरुद्ध आइतबारको खेलमा स्लो ओभर रेटका कारण कोहलीलाई यो जरिवान तोकिएको आयोजकले बताएको छ । उक्त खेलमा बैंग्लोर चेन्नईसँग ६९ रनले पराजित भएको थियो । विराट आइपिएलमा स्लो ओभर रेटका कारण जरिवानमा पर्ने चौथो कप्तान हुन् । यसअघि मुम्बई...

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका अहिले नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्ले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपालले केही बेरमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा शाहव आलमको स्थानमा कमल सिंह ऐरीलाई बोलाएको छ । आजको खेलमा जित निकाल्दै नेपाल वर्षको सुखद सुरुवात गर्ने योजनामा छ ।...

धनगढी फुटबल क्लबको कप्तानमा किरण चेम्जोङ

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा फ्रेन्चाईज क्लब धनगढी फुटबल क्लबको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् ।धनगढीले शुक्रवार एक विज्ञप्ति निकाल्दै किरणले टिमको कप्तानी सम्हाल्ने जनाएको हो । राष्ट्रिय टिमका कप्तान समेत रहेका किरण आइकोनिक खेलाडीको रुपमा धनगढीमा आबद्द भएका थिए । पछिल्लो समय भारतको आईलिगमा पञ्जाबबाट खेलेका किरण ५ वर्षपछि घरेलु फुटबलमा फर्किन लागेका हुन् । धनगढीको...

टी–२० क्रिकेटमा सन्दीपको १०० औं खेल पूरा

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा १०० औं खेल पूरा गरेका छन् । २० वर्षीय सन्दीपले त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्ध बिहीबार खेलेको खेलबाट १०० औं खेल पूरा गरेका हुन् । उनी १०० वटा टी–२० खेल खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बनेका छन् । बिहीबार आफ्नो १०० औं खेलमा मलेसियाविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले ४२ रन...

लिग विजेता बन्दै नेपाल फाइनलमा, मलेसिया ६९ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालद्धारा मलेसिया ६९ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र कप्तान अहमद फैजले ३१ रन बनाएपनि अन्य ब्याट्सम्यानले सम्झनलायक प्रर्दशन...

त्रिकोणात्मक टी-२० सिरिजः नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौ । त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् । त्यसैले आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर फाइनल अघि नेपाल मलेसियालाई हराउँदै दाबेदारी...

कोरोना संक्रमण बढ्दै गएपछि हेटौंडामा हुने भनिएको जिल्ला स्तरीय फुटबल स्थगन

मकवानपुर । हेटौंडामा यही बैशाख ९ गतेदेखि हुने भनिएको जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता स्थगन भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हुने भनिएको प्रतियोगिता स्थगन गरिएको हो । जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलद्धारा आज एक सुचना जारी गर्दै प्रतियोगिता स्थगन भएको जनाईएको छ । हेटौंडा–१० को फरेष्टीको खेलमैदानमा हुने भनिएको प्रतियोगिता अर्को सुचना नभएसम्मका लागि स्थगन...