info@nawayug.com

हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज घट्यो

काठमाण्डौं । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से ९ दशमलव २४ अङ्कले घटेर २ हजार ७७७ दशमलव १० विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहका सूचक घटेका छन् । आज १९० वटा कम्पनीका शेयर घटेकामा ७० वटाका बढेको छन् । यस्तै ११ वटा कम्पनीको शेयर घटबढ भएका छैनन् ।

आज सुपर खुदी हाइड्रोपावरको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार बढेको दिन कालिञ्चोक हाइड्रोपावरको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ३४२ वटा कम्पनीका १ करोड १८ लाख कित्ता शेयर ४ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया