काठमाण्डौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव २१ अङ्कले बढेर २ हजार ७७७ दशमलव ५८ विन्दुमा पुगेको छ ।
आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढेकामा फाइनान्स समूहको सूचक ६ प्रतिशत, अन्य समूहको सूचक ३ दशमलव ८४ प्रतिशतले उकालो लागेको छ ।
आज १८४ वटा कम्पनीका शेयर बढेकामा ७७ वटाका घटेका छन् । यस्तै १० वटा कम्पनीको शेयर भने घटबढ भएका छैनन् ।
आज कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नबिल बैंकको डिबेन्चर २०८५ साढे ४ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३४६ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ ।
१९ जेठ २०८३, मङ्गलबार ०३:५८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com