info@nawayug.com

सुदूरपश्चिम प्रदेश : एमालेका मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मन्त्रीहरूलाई पदबाट बर्खास्त गर्नुभएको छ।

सत्ता साझेदार दल भएर पनि एमालेले आगामी आर्थिक वर्षको बजेट पारित गर्न साथ नदिएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको उहाँका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमले जानकारी दिनुभयो।

मुख्यमन्त्री शाहले भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको हो।

प्रदेश सरकारको आगामी बजेट पारित गर्न असहयोग गरेको एमालेले प्रदेश सभा सचिवालयमा तीन वटा मन्त्रालयको खर्च कटौतीको प्रस्तावसमेत दर्ता गरेको छ।

प्रतिक्रिया