काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा वर्षा भइरहेको छ ।
गएराति देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा नवलपरासी पूर्वमा सबैभन्दा धेरै ७३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । पाल्पा, तनहुँ, बाँकेलगायत क्षेत्रमा पनि ठूलो वर्षा भएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम पूर्वानुमान अनुसार आज र भोलि प्रमुख धार्मिक क्षेत्रमा दिउँसोदेखि मध्यम वर्षा हुने तथा केही ठाउँमा ठूलो वर्षासमेत हुनसक्ने सम्भावना छ ।
विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा वर्षा, चिप्लो बाटो, पहिरो तथा आकस्मिक रूपमा खोलानाला बढ्नसक्ने जोखिमलाई ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com