info@nawayug.com

नागढुंगा–मुग्लिन सडक खुलाउने प्रयास चल्दै

काठमाण्डौ ।  बाढीका कारण अस्ति बुधवारदेखि अवरुद्ध रहेको नागढुंगा–मुग्लिन सडक खुलाउने प्रयास भैरहेको छ । काठमाण्डौ जोड्ने मुख्य राजमार्ग अन्तर्गत  धादिङको बैरेनीदेखि गलौंदीसम्मको सडक बाढीको लेदो जमेको कारण अवरुद्ध छ ।

हिजो बिहानैदेखि लेदो हटाउने काम भैरहेको प्रहरीले जनाएको छ । बाक्लो लेदो भएकाले सडक खुलाउन समय लागेको प्रहरीको भनाइ छ ।

बाढीकारण सडक अवरुद्ध हुँदा धादिङ, नुवाकोट र रसुवामा चल्ने गाडी हिजैदेखि ठप्प छन् भने पृथ्वी राजमार्ग हुँदै देशका विभिन्न ठाउँमा ओहोरदोहोर गर्ने गाडी पनि चल्न सकेका छैनन् ।   

प्रतिक्रिया