info@nawayug.com

नेपाल प्रहरीले भन्यो– तिब्बततर्फ पानीको ड्याम पुनः फुट्यो, सतर्क रहनू

काठमाडौं । चीनको तिब्बतमा पुनः पानीको ड्याम फुटेको छ । ड्याम फुट्दा फेरि बाढी आएको नेपाल प्रहरीले जनाएको छ ।

“तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधरणहरुलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान/ जानकारी गराउन अनुरोध छ,” नेपाल प्रहरीले शुक्रबार बिहान जारी गरेको सूचनामा भनिएको छ । 

यही भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोसी र नुवाकोटको त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।

प्रतिक्रिया